पछिल्लो चौविस घण्टामा १७४१ जनामा कोरोना संक्रमण, ४००५ जना डिस्चार्ज

156
Shares

काठमाडौँ, १० कात्तिक । पछिल्लो चोविस घण्टामा देशभर एक हजार ७४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो चौविस घण्टाको विवरणमा थप संक्रमितको संख्या १ हजार ७४१ देखिएको हो ।

यो संगै देशभर कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ।

दशैंका बेला भएर हुनसक्छ पछिल्लो २४ घण्टामा परीक्षण भने निक्कै घटेको छ । मन्त्रालयले आज ५ हजार ६ जनाको मात्रै पीसीआर परीक्षण भएको उल्लेख गरेको छ ।

तर, संक्रमण मुक्त हुनेको संख्या भने यो अवधीमा निकै बढी छ ।  आज एकै दिन ४ हजार ५ जना कोरोना मुक्त भएका छन् । योसँगै हालसम्म १ लाख १५ हजार ६७५ जना निको भएका छन्।

पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८६२ पुगेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *