पछिल्लो चौविस घण्टामा १७४१ जनामा कोरोना संक्रमण, ४००५ जना डिस्चार्ज
काठमाडौँ, १० कात्तिक । पछिल्लो चोविस घण्टामा देशभर एक हजार ७४१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको पछिल्लो चौविस घण्टाको विवरणमा थप संक्रमितको संख्या १ हजार ७४१ देखिएको हो ।
यो संगै देशभर कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ।
दशैंका बेला भएर हुनसक्छ पछिल्लो २४ घण्टामा परीक्षण भने निक्कै घटेको छ । मन्त्रालयले आज ५ हजार ६ जनाको मात्रै पीसीआर परीक्षण भएको उल्लेख गरेको छ ।
तर, संक्रमण मुक्त हुनेको संख्या भने यो अवधीमा निकै बढी छ । आज एकै दिन ४ हजार ५ जना कोरोना मुक्त भएका छन् । योसँगै हालसम्म १ लाख १५ हजार ६७५ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८६२ पुगेको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



