पूर्वमन्त्री गोकुल बास्कोटालाई कोरोना संक्रमण

144
Shares

काठमाडौँ, ६ कात्तिक ।  पूर्वमन्त्री एवं नेकपा नेता गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई लक्षण देखिएपछि पीसीआर जाँच गराउँदा आफूहरु दम्पत्तिलाई नै कोरोना संक्रमण भएको  देखिएको बास्कोटाले बताए ।

बास्कोटाले केही वेर अघि आफू र श्रीमतीलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनले संक्रमणमा परेपनि आफू पछिल्लो दश दिन यता बाहिरी व्यक्तिसंग भेटघाट नभएको बताएका छन् ।

श्रीमतीलाई लक्षण देखिए पनि आफ्नो अवस्था भने सामान्य भएको र दुई छोराहरुको रिपोर्ट नेगेटिभ आएको समेत उनले बताएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *