
काठमाडौँ, ६ कात्तिक । पूर्वमन्त्री एवं नेकपा नेता गोकुल बास्कोटालाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई लक्षण देखिएपछि पीसीआर जाँच गराउँदा आफूहरु दम्पत्तिलाई नै कोरोना संक्रमण भएको देखिएको बास्कोटाले बताए ।
बास्कोटाले केही वेर अघि आफू र श्रीमतीलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् । उनले संक्रमणमा परेपनि आफू पछिल्लो दश दिन यता बाहिरी व्यक्तिसंग भेटघाट नभएको बताएका छन् ।
श्रीमतीलाई लक्षण देखिए पनि आफ्नो अवस्था भने सामान्य भएको र दुई छोराहरुको रिपोर्ट नेगेटिभ आएको समेत उनले बताएका छन् ।