काठमाडौँ उपत्यकामा एकैदिन थप ३१०७ जनामा कोरोना संक्रमण

180
Shares

काठमाडौँ, ५ कात्तिक । काठमाडौँ उपत्यकामा आज थप ३ हजार १०७ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या काठमाडौँ उपत्यकामा देखिएको अहिलेसम्मकै बढी हो ।

त्यसो त आज देशभर देखिएको संक्रमितको संख्या पनि अहिलेसम्मकै उच्च छ । पछिल्लो चौविस घण्टामा ५ हजार ७४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा २ हजार ३९१ जना, भक्तपुरमा १७३ जना र ललितपुरमा ५४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज  २ हजार ९२६ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । आजको सहित देशभर ४४ हजार ४७६ जना संक्रीय संक्रमित रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *