काठमाडौँ उपत्यकामा एकैदिन थप ३१०७ जनामा कोरोना संक्रमण

काठमाडौँ, ५ कात्तिक । काठमाडौँ उपत्यकामा आज थप ३ हजार १०७ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या काठमाडौँ उपत्यकामा देखिएको अहिलेसम्मकै बढी हो ।

त्यसो त आज देशभर देखिएको संक्रमितको संख्या पनि अहिलेसम्मकै उच्च छ । पछिल्लो चौविस घण्टामा ५ हजार ७४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा २ हजार ३९१ जना, भक्तपुरमा १७३ जना र ललितपुरमा ५४३ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज  २ हजार ९२६ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । आजको सहित देशभर ४४ हजार ४७६ जना संक्रीय संक्रमित रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *