अफिन अध्यक्ष बसन्त चौधरी कोरोना संक्रमणमा
काठमाडौँ, ५ कात्तिक । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टच्यूसन अफ नेपाल (अफिन)का अध्यक्ष बसन्त चौधरी कोरोना संक्रमणमा परेका छन् ।
नर्भिक अस्पतालका सञ्चालक समेत रहेका चौधरीले आफू कोरोना संक्रमणमा परेको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।
‘सामान्य लक्षण देखियो त्यसपछि कोरोना परीक्षणका लागि नमूना दिएको थिएँ, गए राती कोरोना पोजेटिभ भएको रिपोर्ट आयो,’ उलने अगाडी थपेका छन्, ‘पछिल्लो पाँच दिन देखि मेरो सम्पर्कमा आएका व्यक्तिहरुलाई सजग र सतर्क रहनुहोला ।’
उनी अहिले चिकित्सकसंगको परामर्शमा होम आइसोलेसनमै रहेको बताएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



