काठमाडौँ उपत्यकामा थपिए २६७२ जना कोरोना संक्रमित

324
Shares

काठमाडौँ, २४ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार १ सय जना, भक्तपुरमा २ सय ३ जना र ललितपुरमा ३ सय ६९ जना गरी कुल २ हजार ६ सय ७२ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा देशभर १९ हजार ३ सय २० जनाको पीसीआर टेष्ट गरिएको छ । यहि अवधीमा ५ हजार  ८ नयाँ संक्रमित थपिएका हुन् ।

यो सहित आज देशमा संक्रमित हुनेको संख्या १ लाख ५६ हजार ८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ । थप १४ जनाको मृत्यु भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *