काठमाडौँ उपत्यकामा थपिए २६७२ जना कोरोना संक्रमित

काठमाडौँ, २४ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार १ सय जना, भक्तपुरमा २ सय ३ जना र ललितपुरमा ३ सय ६९ जना गरी कुल २ हजार ६ सय ७२ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा देशभर १९ हजार ३ सय २० जनाको पीसीआर टेष्ट गरिएको छ । यहि अवधीमा ५ हजार  ८ नयाँ संक्रमित थपिएका हुन् ।

यो सहित आज देशमा संक्रमित हुनेको संख्या १ लाख ५६ हजार ८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ । थप १४ जनाको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *