चिकित्सा शिक्षा आयोगले स्थगित गर्‍यो पीजी तहको एकीकृत प्रवेश परीक्षा

1.0k
Shares

काठमाडौँ, २२ असोज । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फको स्नात्तकोत्तर (पीजी) तह को एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ।  सर्वोच्च अदालको अन्तरिम आदेशपछि परीक्षा स्थगित गरेको हो ।

आयोगले यसअघि आगामी २७, २८, २९ असोज गरी तीन दिनसम्म परीक्षा लिने तयारी गरेको थियो । तर बिहीबार अपरान्ह सूचना जारी गर्दै अर्को सूचना नआउदासम्म स्थगित भएको जनाएको छ । सर्बोच्चले परीक्षा सम्वन्धी कार्य अघि नबढाउन आदेश जारी गरेपछि आयोगले सोही अनुसार परीक्षाको कार्यक्रम स्थगित गरेको जनाएको छ ।

आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो।

यसपटक परीक्षाका लागि ७ हजारभन्दा बढीले फर्म भरेका छन्। आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सूचना जारी गरेको थियो।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *