चिकित्सा शिक्षा आयोगले स्थगित गर्‍यो पीजी तहको एकीकृत प्रवेश परीक्षा

काठमाडौँ, २२ असोज । राष्ट्रिय चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्र तर्फको स्नात्तकोत्तर (पीजी) तह को एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ।  सर्वोच्च अदालको अन्तरिम आदेशपछि परीक्षा स्थगित गरेको हो ।

आयोगले यसअघि आगामी २७, २८, २९ असोज गरी तीन दिनसम्म परीक्षा लिने तयारी गरेको थियो । तर बिहीबार अपरान्ह सूचना जारी गर्दै अर्को सूचना नआउदासम्म स्थगित भएको जनाएको छ । सर्बोच्चले परीक्षा सम्वन्धी कार्य अघि नबढाउन आदेश जारी गरेपछि आयोगले सोही अनुसार परीक्षाको कार्यक्रम स्थगित गरेको जनाएको छ ।

आयोगले एमडि र एमएस, एमडिएस, एमिपएच, एमिपएचएन, एएचपिई, एमएन, एमएससी नर्सिङ, एम फर्मा, एमएससी एमआइटी लगायतका विषयमा परीक्षाको तयारी गरेको थियो।

यसपटक परीक्षाका लागि ७ हजारभन्दा बढीले फर्म भरेका छन्। आयोगले परीक्षाका लागि असोज १ देखि १५ गतेसम्म फर्म भर्न सूचना जारी गरेको थियो।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *