प्रतिनिधि सभाका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण
काठमाडौँ, ११ असोज । प्रतिनिधिसभाका सांसद एवं लिटिल एन्जल्स स्कुलका सञ्चालक उमेश श्रेष्ठ कोरोना संक्रमणमा परेका छन् । शनिबार गरेको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।
आइतबार विहान सामाजिक सञ्जाल फेसबुकबाट आफू कोरोना संक्रमणमा परेको जानकारी दिएका छन् । उनले पछिल्ला दिनमा आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सजगता अपनाउन अनुरोध समेत गरेका छन् ।
सांसद श्रेष्ठको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनी अहिले होम आइसोलेसनमै बसेको जानकारी दिएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



