प्रतिनिधि सभाका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण

240
Shares

काठमाडौँ, ११ असोज ।  प्रतिनिधिसभाका सांसद एवं लिटिल एन्जल्स स्कुलका सञ्चालक उमेश श्रेष्ठ कोरोना संक्रमणमा परेका छन् । शनिबार गरेको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

आइतबार विहान सामाजिक सञ्जाल फेसबुकबाट आफू कोरोना संक्रमणमा परेको जानकारी दिएका छन् । उनले पछिल्ला दिनमा आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सजगता अपनाउन अनुरोध समेत गरेका छन् ।

सांसद श्रेष्ठको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ । उनी अहिले होम आइसोलेसनमै बसेको जानकारी दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *