पढ्न गएको आरोपमा विद्यालय पुगेका ६० बालिकालाई बिष पिलाएपछि ….

0
Shares
poising on school girl
तस्बिर : एपी

उत्तरी अफगानिस्तानको तखार प्रान्तको रुस्ताक जिल्लामा अवस्थित एक बिद्यालयका ६० जना बालिकालाई बुधबार रहस्यमयपूर्ण रुपमा बिष खुवाइएको छ ।

सो प्रान्तका प्रहरी प्रवक्ताले उक्त जानकारी दिएका छन् । रुस्ताक जिल्लामा रहेको मिर मुलाई नामक बालिकाहरुको विद्यालयमा स्थानीय समयाअनुसार बुधबार विहान रहस्यमयढङ्गबाट विष खुवाइएको जनाइएको छ ।

सो विद्यालयका सात देखि १२ कक्षासम्म अध्ययनगर्ने विद्यार्थीहरुलाई विष पिलाइएको समाचारमा जनाइएको छ । उक्त घटनामा पर्ने सबै विद्यार्थीलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यस घटनाको अनुसन्धान भइरहेको बताइएको हो ।

तखार प्रान्तमा गएको दुई हप्तामा यस प्रकारको घटना भएको यो दोस्रो पटक हो । तालिवानहरु बालिका शिक्षाका विरोधी हुन् । उनीहरुले नै समय समयमा बालिकालाई यसरी विष पिलाउने गर्छन् ।

गत अप्रिल १९ मा पनि रुस्ताक जिल्लामा रहेका बालिकाहरुको विद्यालयमा भएको यस्तै घटनामा ६२ जना बालिकालाई बिष दिइएको थियो । – एजेन्सी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *