पढ्न गएको आरोपमा विद्यालय पुगेका ६० बालिकालाई बिष पिलाएपछि ….

poising on school girl
तस्बिर : एपी

उत्तरी अफगानिस्तानको तखार प्रान्तको रुस्ताक जिल्लामा अवस्थित एक बिद्यालयका ६० जना बालिकालाई बुधबार रहस्यमयपूर्ण रुपमा बिष खुवाइएको छ ।

सो प्रान्तका प्रहरी प्रवक्ताले उक्त जानकारी दिएका छन् । रुस्ताक जिल्लामा रहेको मिर मुलाई नामक बालिकाहरुको विद्यालयमा स्थानीय समयाअनुसार बुधबार विहान रहस्यमयढङ्गबाट विष खुवाइएको जनाइएको छ ।

सो विद्यालयका सात देखि १२ कक्षासम्म अध्ययनगर्ने विद्यार्थीहरुलाई विष पिलाइएको समाचारमा जनाइएको छ । उक्त घटनामा पर्ने सबै विद्यार्थीलाई उपचारार्थ अस्पताल लगिएको बताइएको छ । यस घटनाको अनुसन्धान भइरहेको बताइएको हो ।

तखार प्रान्तमा गएको दुई हप्तामा यस प्रकारको घटना भएको यो दोस्रो पटक हो । तालिवानहरु बालिका शिक्षाका विरोधी हुन् । उनीहरुले नै समय समयमा बालिकालाई यसरी विष पिलाउने गर्छन् ।

गत अप्रिल १९ मा पनि रुस्ताक जिल्लामा रहेका बालिकाहरुको विद्यालयमा भएको यस्तै घटनामा ६२ जना बालिकालाई बिष दिइएको थियो । – एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *