काठमाडौँ उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण

काठमाडौँ, १८ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५७ जना, भक्तपुरमा ४२ जना र ललितपुरमा ४६ जना गरी कुल ४४५ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो चौविस घण्टामा उपत्यका सहित देशभरको विवरण प्रस्तुत गर्ने क्रममा सो जानकारी दिएक हुन् ।

उनले पछिल्लो चौविस घण्टामा १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२८ जनामा पोजेटिभ देखिएको बताए । उनले यहि अवधीमा ९१७ जना डिस्चार्ज भएको समेत जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *