काठमाडौँ उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण
काठमाडौँ, १८ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३५७ जना, भक्तपुरमा ४२ जना र ललितपुरमा ४६ जना गरी कुल ४४५ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो चौविस घण्टामा उपत्यका सहित देशभरको विवरण प्रस्तुत गर्ने क्रममा सो जानकारी दिएक हुन् ।
उनले पछिल्लो चौविस घण्टामा १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २२८ जनामा पोजेटिभ देखिएको बताए । उनले यहि अवधीमा ९१७ जना डिस्चार्ज भएको समेत जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



