काठमाडौँ उपत्यकामा थप ३७७ जनामा कोरोना संक्रमण
काडमाडौँ, ११ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३७७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमलले काठमाडौँमा २७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ गरी कुल ३७७ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
संक्रमणको यो संख्या उपत्यकामा एकैदिन देखिएको अहिलेसम्मके सबैभन्दा बढी हो ।
डा गौतमले पछिल्लो चोविस घण्टामा देशभर १ हजार १११ जनामा कोरोेना संक्रमण देखिएको बताए । यहि अवधीमा ५६९ जना भने कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको उनले सुनाए ।
पछिल्लो दिनमा कोरोना संक्रमितको एक पछि अर्को गर्दै रेकर्ड राख्दै आउन थालेको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

