काठमाडौँ उपत्यकामा थप ३७७ जनामा कोरोना संक्रमण

0
Shares

काडमाडौँ, ११ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ३७७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमलले काठमाडौँमा २७०, भक्तपुरमा ४१ र ललितपुरमा ६६ गरी कुल ३७७ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।

संक्रमणको यो संख्या उपत्यकामा एकैदिन देखिएको अहिलेसम्मके सबैभन्दा बढी हो ।

डा गौतमले पछिल्लो चोविस घण्टामा देशभर १ हजार १११ जनामा कोरोेना संक्रमण देखिएको बताए । यहि अवधीमा ५६९ जना भने कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएको उनले सुनाए ।

पछिल्लो दिनमा कोरोना संक्रमितको एक पछि अर्को गर्दै रेकर्ड राख्दै आउन थालेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *