पूर्वप्रधानमन्त्री नेपालका सात जना पीएसओलाई कोरोना संक्रमण
काठमाडौँ, ६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात जना अङ्गरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पूर्वप्रधानमन्त्री नेपालका परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।
‘बिहीबार नमूना झिकिएको थियो । शुक्रबार रिपोर्ट प्राप्त भयो । जसमा पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको छ,’ गौतमले भने ।
कोरोना संक्रमण देखिएको अङ्गरक्षकलाई अहिले आइसोलेसनमा लगिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



