पूर्वप्रधानमन्त्री नेपालका सात जना पीएसओलाई कोरोना संक्रमण

काठमाडौँ, ६ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एबम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सात जना अङ्गरक्षक (पीएसओ) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पूर्वप्रधानमन्त्री नेपालका परिवार र उनको सुरक्षामा खटिएका सशस्त्र प्रहरीको स्वाब परीक्षण गर्दा अङ्गरक्षकहरुको मात्र कोरोना पोजिटिभ देखिएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए ।

‘बिहीबार नमूना झिकिएको थियो । शुक्रबार रिपोर्ट प्राप्त भयो । जसमा पूर्वप्रधानमन्त्री नेपाल सहित अन्य सबैको नेगेटिभ आएको छ,’ गौतमले भने ।

कोरोना संक्रमण देखिएको अङ्गरक्षकलाई अहिले आइसोलेसनमा लगिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *