नियम मिचेर स्वास्थ्यका अधिकारीको धुलिखेलमा आवासीय गोष्ठी, सहभागी दुई जनामा कोरोना पुष्टी

0
Shares

काठमाडौँ, २ भदौ । कुनै पनि मिटिङ गोष्ठी सभा समारोह नगर्न यतिवेला कसैलाई छुट छैन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको सूचना दिनहुँ मिडिया ब्रिफिङमा पनि गरिरहेकै हुन्छ ।  तर, स्वास्थ्य सेवा विभागले त्यो सूचनालाई खिल्ली उडाएको पाइएको छ ।

विभागले केही  गैर सरकारी संस्थाहरुसंगको सहयोगमा काभ्रेको धुलिखेलमा गत साता तीन दिने आवासीय तालिम सञ्चालन ग¥यो । दुर्भाग्य त्यहि तालिममा सहभागी दुई जनामा कोरोना संक्रमण देखियो ।

विभागको व्यवस्थापन महाशाखाको आयोजनामा गत बुधबार, बिहीबार र शुक्रबार भएको लजिष्टिक म्यानेजमेन्ट इन्फरमेसन सिस्टम सम्वन्धी गोष्टिमा विभाग र साझेदारी संस्थाका गरी ३२ जनाको सहभागीता थियो ।

सो गोष्टीमा भागलिन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह प्रमुख अतिथि र व्यवस्थापन महाशाखा प्रमुख डा रमेश खरेल अध्यक्ष बनेका थिए । तर त्यहि गोष्टीमा सहभागी ड्राई आइस भन्ने गैर सरकारी संस्था र आड्रा नेपाल भन्ने अर्को गैरसरकारी संस्थाबाट आएका प्रतिनिधिमा कोरोना संक्रमण देखियो । अहिले गोष्ठीमा सहभागीहरु कोही क्वारेन्टिनमा छन् । कोही दुरी कायम गरी काम गर्ने भन्दै विभाग तिर आइरहेका छन् ।

‘पहिलो कुरा यो बेला आवासीय गोष्ठी गर्नु जरुरी थिएन । त्यो जवरजस्ती गरियो । जो स्वास्थ्य मन्त्रालयको निर्देशनको समेत उल्लंघन भयो । दोस्रो कुरा कोही क्वारेन्टिनमा बस्ने कोही केही भएको छैन् भन्दै क्वारेन्टिनमा नबस्ने गरेको देखियो । यो पनि अर्को समस्या भयो,’ विभागका एक जना कर्मचारीले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *