कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो

काठमाडौँ, ३१ साउन । पछिल्लो चौबिस घण्टमा नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप ३ जनाको मृत्यु भएको बताए ।
प्रवक्ता डा गौतमका अनुसार वीरगञ्ज महानगरपालिका १२ मुरलीका ६० बर्षिय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र १ जना धनुषाका पुरुष हुन् । उनीहरु सबैको आइसियूमा उपचारका क्रममा मृत्यु भएको हो ।
यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



