कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १०२ पुग्यो

काठमाडौँ, ३१ साउन । पछिल्लो चौबिस घण्टमा नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप ३ जनाको मृत्यु भएको बताए ।

प्रवक्ता डा गौतमका अनुसार वीरगञ्ज महानगरपालिका १२ मुरलीका ६० बर्षिय पुरुष, कपिलवस्तुका ४२ वर्षीय पुरुष र १ जना धनुषाका  पुरुष हुन् । उनीहरु सबैको आइसियूमा उपचारका क्रममा मृत्यु भएको हो ।

यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय २ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *