गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण

0
Shares


काठमाडौँ, ३१ साउन । गण्डकी प्रदेशमा आज थप १० जनामा कोरोना भाइरस(कोभिड–१९)संक्रमित देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा ६ जिल्लाका थप १० जनामा कोरोना पुष्टी भएको हो । जसमा तनहुँ २, कास्की ३, बाग्लुङ २, गोर्खा १, स्याङ्जा १ र नवलपरासी पूर्वका १ जना रहेका छन् । तीनीहरु मध्ये २ जना महिला र ८ जना पुरुष छन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ६९२ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *