गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण


काठमाडौँ, ३१ साउन । गण्डकी प्रदेशमा आज थप १० जनामा कोरोना भाइरस(कोभिड–१९)संक्रमित देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा ६ जिल्लाका थप १० जनामा कोरोना पुष्टी भएको हो । जसमा तनहुँ २, कास्की ३, बाग्लुङ २, गोर्खा १, स्याङ्जा १ र नवलपरासी पूर्वका १ जना रहेका छन् । तीनीहरु मध्ये २ जना महिला र ८ जना पुरुष छन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ६९२ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *