काठमाडौँ उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण
काठमाडौँ, २२ साउन । काठमाडौँ उपत्यकामा पछिल्लो चौविस घण्टामा थप ८७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ७६ जना ललितपुरमा १० जना र भक्तपुरमा १ जना गरी कुल ८७ जनामा संक्रमण भएको बताए ।
उनका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २५ जना, शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १५ जना, ललितपुरका २ जना र भक्तपुरका १ जना जना, वीर अस्पतालमा काठमाडौँका ३ जनामा संक्रमण देखिएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका ५, स्टार अस्पतालमा काठमाडौँका ४ र ललितपुरका १, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका १३ र वीध प्रयोगशालामा ललितपुरका ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै वीरेन्द्र अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जना, ह्याम्स अस्पतालको प्रयोगशालामा काठमाडौँको ९ र ललितपुरको १ जनामा पनि संक्रमण देखिएको छ । यस्तै किटजन्य रोग प्रयोगशाला हेटौडामा काठमाडौँको १ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो चौविस घण्टामा देशभर ३६० जनामा कोरोना संक्रमण देखिएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

