काठमाडौँ उपत्यकामा थप ८७ जनामा कोरोना संक्रमण

0
Shares

काठमाडौँ, २२ साउन ।  काठमाडौँ उपत्यकामा पछिल्लो चौविस घण्टामा थप ८७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ७६ जना ललितपुरमा १० जना र भक्तपुरमा १ जना गरी कुल ८७ जनामा संक्रमण भएको बताए ।

उनका अनुसार टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका २५ जना, शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १५ जना, ललितपुरका २ जना र भक्तपुरका १ जना जना, वीर अस्पतालमा काठमाडौँका ३ जनामा संक्रमण देखिएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका ५, स्टार अस्पतालमा काठमाडौँका ४ र ललितपुरका १, नेपाल प्रहरी अस्पतालमा काठमाडौँका १३ र वीध प्रयोगशालामा ललितपुरका ६ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै वीरेन्द्र अस्पतालको प्रयोगशालामा काठमाडौंका १ जना, ह्याम्स अस्पतालको प्रयोगशालामा काठमाडौँको ९ र ललितपुरको १ जनामा पनि संक्रमण देखिएको छ । यस्तै किटजन्य रोग प्रयोगशाला हेटौडामा काठमाडौँको १ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो चौविस घण्टामा देशभर ३६० जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *