एघारौँ तहको लिखित नतिजामा पुनर्योगको निवेदन तर भएन परिवर्तन
काठमाडौँ २१ साउन । लोक सेवा आयोगले गत महिना प्रकाशित गरेको स्वास्थ्य समूह तर्फको एघारौँ तहको लिखित परीक्षाको नतिजामा दुई जना परीक्षार्थीले पुनर्योगको निवेदन हालेका थिए । तर नतिजामा भने कुनै परिवर्तन नभएको लोकसेवाले जनाएको छ ।
आन्तरिक प्रतिस्पर्धा तर्फ प्रमुख औषधि व्यवस्थापक पद एघारौं तहका लागि परीक्षा दिएका सन्तोष केसी र प्रमुख कन्सलटेन्ट साइक्याट्रिष्ट पद एघारौँ तहका लागि परीक्षा दिइएकी लता गौतम पौडेलले नतिजा प्रति चित्त नबुझेको भन्दै पुनर्योगका लागि निवेदन दिएका थिए ।
तर, आयोगले दुबैको निवेदनमा कारवाही हुँदा साविक नतिजामा कुनै पनि परिवर्तन नभएको जानकारी दिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



