एघारौँ तहको लिखित नतिजामा पुनर्योगको निवेदन तर भएन परिवर्तन

काठमाडौँ २१ साउन । लोक सेवा आयोगले गत महिना प्रकाशित गरेको स्वास्थ्य समूह तर्फको एघारौँ तहको लिखित परीक्षाको नतिजामा दुई जना परीक्षार्थीले पुनर्योगको निवेदन हालेका थिए । तर नतिजामा भने कुनै परिवर्तन नभएको लोकसेवाले जनाएको छ ।

आन्तरिक प्रतिस्पर्धा तर्फ प्रमुख औषधि व्यवस्थापक पद एघारौं तहका लागि परीक्षा दिएका सन्तोष केसी र प्रमुख कन्सलटेन्ट साइक्याट्रिष्ट पद एघारौँ तहका लागि परीक्षा दिइएकी लता गौतम पौडेलले नतिजा प्रति चित्त नबुझेको भन्दै पुनर्योगका लागि निवेदन दिएका थिए ।

तर, आयोगले दुबैको निवेदनमा कारवाही हुँदा साविक नतिजामा कुनै पनि परिवर्तन नभएको जानकारी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *