गण्डकी प्रदेशमा थपिए ५ जना कोरोना संक्रमित

4
Share


काठमाडौँ, १९ साउन । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९ संक्रमित देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा २ जिल्ला जसमा स्याङ्जाका १ जना र कास्कीका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५२९ पुगेको छ ।

गण्डकीमा हालसम्म १ हजार ३३० जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गइसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *