गण्डकी प्रदेशमा थपिए ५ जना कोरोना संक्रमित

काठमाडौँ, १९ साउन । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९ संक्रमित देखिएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा २ जिल्ला जसमा स्याङ्जाका १ जना र कास्कीका ४ जनामा संक्रमण पुष्टि भएको हो ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५२९ पुगेको छ ।
गण्डकीमा हालसम्म १ हजार ३३० जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गइसकेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
