काठमाडौँ उपत्यकामा थपिए ५४ जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ, २२ असार । काठमाडौँ उपत्यकामा थप ५४ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना गरी जम्मा ५४ जना संक्रमित भेटिएका हुन् ।

यो संगै पछिल्लो २४ घण्टामा देशभर थप १८० जनामा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा कुल संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ। मन्त्रालयका अनुसार देशभरका सबै जिल्ला संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *