कोरोना संक्रमणबाट काठमाडौँका एक वृद्धको मृत्यु, मृतकको संख्या ३२ पुग्यो

0
Shares


काठमाडौँ, १९ असार । नेपालमा कोरोना संक्रमण बाट आज थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँ नयाँ बानेश्वर निवासी ८५ वर्षीय पुरुष हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उच्च रक्तचाप र पार्किन्सनको वृद्ध  बिरामी छाती दुख्ने र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *