खरिपाटी क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना संक्रमण

काठमाडौँ, ११ असार । भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनबाट घर गएका चार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। ।
दुबईबाट आई क्वारेन्टिनमा बसेका १० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर रिपोर्ट आउन ढिला भएको भन्दै उनीहरुलाई मंगलबार घर पठाइएको थियो ।
बिहीबार १० मध्ये एक महिला र तीन पुरुष गरी ४ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि भएका चारैजनालाई पाटन अस्पताल जान भनिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



