पाल्पामा आज थप ५८ जनामा कोरोना संक्रमण

4
Share

पाल्पा, ९ असार । जिल्लाका तीन गाँउपालिकामा मंगलबार थप ५८ जनामा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको आरटीपीसीआर विधिको परीक्षणमा जिल्लामा थप ५८ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

उनका अनुसार थप संक्रमण देखिएकाहरुमा पूर्वखोला गाँउपालिकामा ३७ जना, माथागढी गाँउपालिकामा १० जना र बगानासकाली गाँउपालिकामा ११ जना रहेका छन् ।

उनीहरु तीन साता अघि भारतबाट आएका हुन् । यो संगै पाल्पामा कोरोना संक्रमितको संख्या २३१ पुगको छ । उनीहरूलाई सम्बन्धित पालिकाले आइसोलेन बनाएर राख्ने तयारी गरेको छ ।

पाल्पामा अहिलेसम्म तानसेन नगरपालिका बाहेक सबै पालिकामा कोरोना संक्रमित देखिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *