आइओएमका डीन डा दिव्यासिंह शाहद्धारा पदवहाली

4
Share

काठमाडौँ, ४ असार । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)का नव नियुक्त डीन प्राडा दिव्यासिंह शाहले पदवहाली गरेकी छन् ।

मुख्य कार्यालयको मुल गेटमा विद्यार्थीहरुले ताला लगाएपछि उनले दिउसो मोहेगो भवनमा रहेको अस्थायी कार्यालयमा गएर पदवहाली गरेकी हुन् ।

‘दिउसो करीब साढे १ बजे तिर सौहार्दपूर्ण पदवहाली भयो,’ डीन कार्यालयका प्रशासन प्रमुख बैकुन्ठ थपलियाले भने । उनले पदवहाली समारोहमा सबै विभागीप्रमुख, फ्याकल्टी, अस्पतालका निर्देशक, मेट्रोन लगायतका पदाधिकारीको उपस्थिति रहेको बताए ।

‘कोरोनाको महामारीका कारण हामीले कार्यक्रममा धेरै जनालाई बोलाएर भिडभाड गराएनौँ तर जति बोलायौँ उहाँहरु सबै आउनुभयो र शुभकामना दिनुभयो । सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो,’ थपलियाले भने ।

नेकपा निकट विद्यार्थी संगठनको महाराजगञ्ज क्याम्पस इकाई कमिटिले भने बरिष्ठताको आधार मिचेर डीन नियुक्त भएको भन्दै विरोध जनाएको छ । उसल आजै विहान डीन कार्यालयको मुल गेटमा तालाबन्दी गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *