पछिल्लो चौविस घण्टामा ३३४ जना कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या २ हजार ६३४ पुग्यो

0
Shares

काठमाडौँ, २२ जेठ । पछिल्लो चौविस घण्टामा देशभर ३३४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना अपडेटमा प्रवक्ता डा विकास देवकोटाका अनुसार देशभरका विभिन्न प्रयोगशालामा परीक्षण गर्दा सो संक्रमण संख्या आएको हो ।

आज थपिएका संक्रमितहरुमा ३१९ पुरुष र १५ जना महिला छन् । पछिल्लो २४ घण्टामा १२ जना डिस्चार्ज भएका छन् ।

डा देवकोटाका अनुसार आज सबैभन्दा बढी पोजेटिभ केश कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा १०६ जना देखिएको छ । यस्तै राष्टिय जनस्वास्थ्य प्रयोगशालामा ९३ जना, सुर्खेत प्रयोगशालामा ८, भेरी अस्पतालको प्रयोगशालामा ४२, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा १५ जना, धुलिखेल अस्पतालको प्रयोगशालामा १७ जनामा कोभिड पोजेटिभ देखिएको छ ।

यस्तै कोशीमा ५, सेतीमा ३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १८, पोखरा स्वासथ्य विज्ञान प्रतिष्ठानमा १६ , हेटौडा प्रयोगशालामा ९,नारायणीमा १ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *