थप डेढ लाख थान आरडीटी किट खरीद गर्दै स्वास्थ्य मन्त्रालय

0
Shares

काठमाडौँ, २२ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १ लाख ५० हजार थान र्‍यापिड डाईग्नोस्टिक टेष्ट किट (आरडीटी) खरीद गर्ने निर्णय गरेको छ ।

मन्त्रालय अन्तरगर्तको कोभिड – १९ इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले कोभिड -१९को परीक्षण थप बढाउनु पर्ने भन्दै थप १ लाख ५० हजार थान आरडीटी किट खरीद गर्न स्वास्थ्य सेवा विभागलाई निर्देशन दिने निर्णय गरेको हो ।

विभागले यसैसाता १ लाख २१ थान आरडीटी किट खरीद गरी सातवटै प्रदेशमा पठाएको छ ।

कतिपयले भने आरडीटी परीक्षणको औचित्य नभएको समेत आरोप लगाएका छन् । मन्त्रालयका अधिकारीहरुले भारतबाट ठूलो संख्यामा नेपालीहरु भित्रिरहेको र क्वारेन्टाइनमा ठूलो संख्यामा रहेको अवस्थामा १४ दिन क्वारेन्टाइनमा बसेपछि आरडीटी गरेरै घर पठाउने योजनाका साथ किट आवश्यक रहेको बताउने गरेका छन् ।

‘भारतबाट दिनहुँ मानिसहरु भित्रीरहेका छन् । यो संख्या लाखौँ पुग्न सक्छ । उनीहरु सबैको पीसीआर गर्न सम्भव छैन् । यस्तै भारतबाहेक तेस्रो मुलुकबाट करीब २५ हजार नेपालीलाई भित्र्याउने योजनामा सरकार छ । उनीहरुको पनि आरडीटी गर्नुपर्ने हुनसक्छ । त्यसैले खरीद प्रक्रिया अघि बढाएको हो,’मन्त्रालय उच्चस्रोतले भन्यो ।

नेपालमा पछिल्लो साता कोरोना संक्रमणले तिब्रता पाएको छ । संक्रमण तिब्रता भएसंगै सरकारले देशभर जनस्वास्थ्य संकटकाल लगाउने विषयमा तयारी शुरु गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *