पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २ हजार ३०० पुग्यो

काठमाडौँ, २१ जेठ । पछिल्लो २४ घण्टामा देशभर २०१ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता विकास देवकोटाले अहिलेसम्म ६४वटा जिल्लामा संक्रमण देखिएको बताए ।
गत २४ घण्टामा देखिएका संक्रमित मध्ये १७९ जना पुरुष र २२ जना महिला रहेका छन् । यो संगै कुल संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।
डा देवकोटाले बुधवारसम्म २७८ जना कोरोना परास्त गरी अस्पतालबाट डिस्चार्ज भएको समेत बताए ।
त्यसैगरी आज एकजना पुरुषको कोरोनाबाट मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी गराए ।
यो संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



