पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २ हजार ३०० पुग्यो

काठमाडौँ, २१ जेठ ।  पछिल्लो २४ घण्टामा देशभर २०१ जनामा कोरोना संक्रमण  देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता विकास देवकोटाले अहिलेसम्म ६४वटा जिल्लामा संक्रमण देखिएको बताए ।

गत २४ घण्टामा देखिएका संक्रमित मध्ये १७९ जना पुरुष र २२ जना महिला रहेका छन् । यो संगै कुल संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ ।

डा देवकोटाले बुधवारसम्म २७८ जना कोरोना परास्त गरी अस्पतालबाट डिस्चार्ज भएको समेत बताए ।

त्यसैगरी आज एकजना पुरुषको कोरोनाबाट मृत्यु भएको प्रवक्ता देवकोटाले जानकारी गराए ।

यो संगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *