जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने सरकारको निर्णय

4
Share

काठमाडौँ, १७ जेठ । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिवार बसेको मन्त्रिपरिषदको बैठकले २० जेठपछि सकिदै गरेको लकडाउनलाई थप १२ दिन लम्व्याउने निर्णय गरेको हो ।

यद्धपी लकडाउनको मोडालिटी भने हेरफेर हुने बताइएको छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने भनिएको छ ।

यस्तै बैठकले हवाई उडान र अन्तर्राष्ट्रिय सीमा नाकाको आवागमन १६ असारसम्म बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले कोरोना संक्रमणबाट जोगाउन ११ चैत देखि लकडाउन शुरु गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *