दाङको कोरोना विशेष अस्पतालबाट कोरोना जितेर आठ फिर्ता

0
Shares


लमही, १६ जेठ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक द्रोणबहादुर वलीले जानकारी दिए ।

वलीका अनुसार घर फर्कनेमा कपिलवस्तुका चार, बाँकेका तीन र दाङ, गढवाका एक छन् । कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ४५मध्ये आठ जना निको भएपछि ३७ कोरोना संक्रमितको उपचार भइरहेको छ । अस्पतालमा रुकुम(पूर्व), रुपन्देही, कपिलवस्तु , बाँके , दाङ र बर्दियाका छन् । उपचार गराइरहेकामध्ये दुई महिला भएको वलीले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *