कोरोना विशेष अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी मै देखियो कोरोना

0
Shares

बुटवल १२ जेठ । धागोकारखानामा रहेको कोरोना विशेष अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मी कोरोना भाइरस (कोभिड -१९)को संक्रमणमा परेका छन् । सोमबार थपिएका कोरोना संक्रमितमध्ये एक जना कोरोना विशेष अस्प्तालमा कार्यरत हेल्थ असिस्टेन्ट भएको प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।

कोरोना संक्रमणमा परेका ति स्वास्थ्यकर्मीलाई प्रदेश अस्प्तालको स्वास्थ्यकर्मी तथा कर्मचारीको लागि व्यवस्था गरिएको आइसोलेसनमा राख्ने तयारी भएको बताइएको छ ।

नेपालमा अहिलेसम्म २ जना चिकित्सक, ५ जना नर्स ३ जना अहेव र १ जना फर्मासिष्ट सहित कुल ११ जना स्वास्थ्यकर्मी कोरोना संक्रमणमा परेका छन् । उनीहरुमध्ये केही निको भएर डिस्चार्ज समेत भइसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *