थप ६ जनामा कोरोना संक्रमण, कुल संख्या २७३ पुग्यो

624
Shares

काठमाडौँ, ३ जेठ । बर्दिया, सिराहा, पर्सा, सर्लाही, चितवनका थप ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको नार्खु ११ निवासी २८ बर्षीया महिला, सिराहा सखुवा १९ निवासी ३० बर्षीय पुरुष, सर्लाही रामनगर ४ निवासी १८ बर्षीया महिलामा संक्रमण देखिएको छ ।

यस्तै पर्साको वीरगञ्ज १२ निवासी २८ र २९ बर्षका पुरुष र चितवन गढौली १ निवासी २५ बर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।

यो संगै देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या २७३ पुगेको छ । अहिलेसम्म ३६ जना उपचार पछि घर फर्केका छन् ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *