स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका दुई सहसचिव फेरिए

196
Shares

काठमाडौँ, ८ भदौ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा रहेका प्रशासन तर्फका दुई सह सचिव फेरिएका छन् । गत ३ भदौको मन्त्रिपरिषद्को बैठकले २७ जना सह सचिवको जिम्मेवारी हेरफेर गर्दा स्वास्थ्यमा दुई सहसचिव फेरिएका हुन् ।

मन्त्रालयमा लामो समय प्रशासन प्रमुखको रुपमा कार्य गरेका दिवस आचार्य कोशी प्रदेश मुख्य मन्त्री कार्यालय अन्तर्गत रहने गरी काजमा गएका छन् । यस्तै स्वास्थ्यबाट अर्का सहसचिव गोविन्दप्रसाद अधिकारी पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा अन्तर्गत रहने गरी सरुवा भएका छन् ।

यता स्वास्थ्यमा भने कर्णाली प्रदेशको मुख्य मन्त्री कार्यालय अन्तर्गत रहेका सञ्जीवकुमार कर्ण सरुवा भएका छन् । यस्तै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेकी हुमकला पाण्डे पनि स्वास्थ्य मन्त्रालयमा सरुवा भएकी छन् ।

हेर्नुहोस सरुवाको सूची

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *