थप ६ जनामा कोरोना संक्रमण, कुल संख्या २७३ पुग्यो
काठमाडौँ, ३ जेठ । बर्दिया, सिराहा, पर्सा, सर्लाही, चितवनका थप ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको नार्खु ११ निवासी २८ बर्षीया महिला, सिराहा सखुवा १९ निवासी ३० बर्षीय पुरुष, सर्लाही रामनगर ४ निवासी १८ बर्षीया महिलामा संक्रमण देखिएको छ ।
यस्तै पर्साको वीरगञ्ज १२ निवासी २८ र २९ बर्षका पुरुष र चितवन गढौली १ निवासी २५ बर्षीया महिलामा पनि संक्रमण देखिएको छ ।
यो संगै देशभर कोरोनाबाट संक्रमित हुनेको संख्या २७३ पुगेको छ । अहिलेसम्म ३६ जना उपचार पछि घर फर्केका छन् ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले बताए ।
सम्पर्क इमेल : [email protected]