जित्नेछौं हामी

– ज्वाला ढकाल

ब्युझन्छ कहिले खबरै भएन
धेरै भो शहर निदाएको
साँच्चै अचम्म लाग्दो
यो अदृष्य शक्ति
जसले सारा विश्वलाई
छ अपाहिच बनाएको ।।

………………………….

प्रकृति यो हेर्दै छ के
खै यो के भएको
मन्दिर मस्जिद गुम्बा
सबै बन्द छन्
हुन कि आज भगवान पनि
बिदामा भएको
कस्तो बिषाणु आयो नि लौ
छैन कुनै ठाउँ नछोएको ।।

………………………………

लड्नै पर्‍यो
भिड्नै पर्‍यो रोई कराई भएन
बुद्ध सगरमाथा र वीरहरुको
मेरो देश पनि
अछुतो आज रहेन ।।

………………………………..

बनाउनु पर्‍यो संयन्त्र बलियो
सुस्ताएर हुँदैन हेर
कोरोनाको भेल पसिनै सकेछ
खै चुकेछौं कहाँ नेर
बन्दा बन्दि चारैतिर
जगतनै शुन्य बनायो
कस्तो बिषाणु आएछ
त्राहि त्राहि बनायो ।।

……………………………………

पुष्प होइन मन्दिरमा
श्रद्धा मनमा चढाउ
कोरोना विरुद्धको युद्धमा
होमिएका सिपाहीहरुको
मनोबल बढाउ
संयमित बनि परिस्थितिको सामना गरौं
हुँदैन अब डराई
विगुल हामी अवश्य बजाउछौं
यो अदृष्य शक्तिलाई हराई ।।

# ढकाल निजामती कर्मचारी अस्पतालकी स्टाफ नर्स हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *