नीति तथा कार्यक्रममा स्वास्थ्यले पठायो सीडीसी र एफडीए बनाउने प्रस्ताव

728
Shares

काठमाडौँ, २ जेठ । आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघमा राष्ट्रिय रोग नियन्त्रण केन्द्र नेपाल (सेन्टर फर डिजिज कन्ट्रोल नेपाल  – सीडीसी नेपाल) स्थापना गर्ने प्रस्ताव पठाएको छ । यसैगरी सबै प्रदेशमा प्रादेशिक रोग नियन्त्रण केन्द्रहरु स्थापना गरी रोकथाम तथा नियन्त्रणलाई थप सशक्त बनाउने प्रस्ताव समेत पठाएको छ ।

त्यसका लागि ५ करोड बजेट प्रस्ताव गरेको छ ।

यस्तै औषधि, औजार, उपकरण, मेडिकल तथा सर्जिकल सामग्री, चिकित्सकीय प्रयोगमा आउने इलेक्ट्रोनिक डिभाइस, प्रयोगशाला सामग्री, पोषण खाद्य सामग्री सौन्दर्य प्रसाधन, सामग्री समेतको गुणस्तर जाँच तथा नियमन गर्न एक स्वायत्त नियमनकारी संस्था नेपाल खाद्यथ तथा औषधि एडमिनिस्ट्रेशन (फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन नेपाल – एफडीए नेपाल) स्थापना गर्ने प्रस्ताव पठाएको छ ।

यस्तै स्वास्थ्य संस्थाहरु र स्वास्थ्य सेवाको गुणस्तरलाई मापन गरी प्रमाणिकरण गर्न अधिकार सम्पन्न नियमनकारी संस्था राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण – नेशनल हेल्थ एक्रिडिटेसन एथ्युरिटी स्थापना गर्ने प्रस्ताव अघि सारेको छ । यसका लागि ५ करोड बजेट प्रस्ताव गरेको छ ।

यद्धपी यो प्रस्ताव आजको नीति तथा कार्यक्रममा पर्छ कि पर्दैन त्यो भने आज चार बजे पछि मात्रै थाह हुनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *