सात बर्षका बालक सहित थप ३ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २४९ पुग्यो

काठमाडौँ, १ जेठ । सात बर्षका बालक सहित थप तीन जनामा कोरोना भाइरस (कोभिड- १९)को संक्रमण देखा परेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा काठमाडौँ दहचोक निवासी ७ बर्षका पुरुष, जनकपुर धनुषा निवासी १७ बर्षकी महिला र धादिङ निवासी ३० बर्षीया महिला छन् ।
यो संगै कुल संक्रमितको संख्या २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्वक्ता डा समिरकुमार अधिकारीले संक्रमित तिनै जनाको अवस्था सामान्य भएको र उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताएका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



